आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ “बिशेश सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् ।शनिबार न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा प्रमुख अतिथि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सम्मान गरेका हुन् ।