"विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना २०८३" मा आवद्ध हुन निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना"
"विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना २०८३" मा आवद्ध हुन निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना"
रसुवा भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, परिवारमा आधारित हेरचाह, शैक्षिक निरन्तरता, स्वास्थ्य तथा पोषण, मनोसामाजिक सहयोग एवम् दीर्घकालीन संरक्षण तथा पुनः एकीकरणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक "विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना २०८३" कार्यान्वयनमा ल्याइएको छ। उक्त योजनामा आबद्ध हुन देहाय बमोजिमको अवस्था भएका बालबालिका वा निजका परिवारका सदस्य, अभिभावक तथा संरक्षकले आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गाउँपालिकाको कार्यालय (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा) वा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
लक्षित बालबालिकाको अवस्था (योग्यता):
(क) विपद्का कारण दुवै आमाबुवा वा दुईमध्ये एक गुमाएका वा सम्पर्कविहीन भएका बालबालिका।
(ख) विपद्का कारण अभिभावक बेपत्ता भएका वा परिवारबाट छुट्टिएका बालबालिका।
(ग) विपद्का कारण अपाङ्गता भएका तथा थप संरक्षण र सहयोग आवश्यक पर्ने बालबालिका।
(घ) विपद्का कारण बालबालिका स्वयम् वा संरक्षक घाइते भएका कारण उचित संरक्षण हुन नसकेका बालबालिका।
(ङ) बालवालिका सम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका अन्य बालबालिका।
निवेदनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरूः
१. बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि।
२. विपद् प्रभावित भएको खुल्ने सम्बन्धित वडा कार्यालयको सिफारिस वा विपद् प्रभावित परिचयपत्र ।
३. आमाबुवा, अभिभावक वा संरक्षकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
४. बालबालिकाको बैंक खाता विवरण।