बालबालिकाको वैकल्पिक हेरचाह तथा स्थानान्तरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
बालबालिकाको वैकल्पिक हेरचाह तथा स्थानान्तरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
रसुवा भोटेकोशी बाढी लगायतका विपद्बाट प्रभावित तथा जोखिममा परेका वालबालिकाको सर्वोत्तम हित र संरक्षणलाई मध्यनजर गर्दै नेपाल सरकारले 'विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३' स्वीकृत गरी कार्यान्वयनमा ल्याएको सन्दर्भमा बालबालिकाको वैकल्पिक हेरचाह र स्थानान्तरणका सम्बन्धमा देहाय बमोजिमको व्यवस्था लागू गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
वैकल्पिक हेरचाह सम्बन्धी कानुनी व्यवस्थाः वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकालाई प्रचलित कानुन बमोजिम स्थानीय बालअधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिसमा राष्ट्रिय बाल अधिकार परिषद्को पूर्वस्वीकृति बिना कुनै पनि संस्था वा बालगृहमा पठाउन, राख वा स्थानान्तरण गर्न पाइने छैन। कानुनी प्रक्रिया पूरा नगरी बालबालिका ओसारपसार वा स्थानान्तरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।
स्थानान्तरण भएका बालबालिकाको विवरण संकलनः यस आमाछोदिङमो गाउँपालिकाबाट आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अन्यत्र स्थानान्तरण भई गएका विपद् प्रभावित वालवालिकाको तथ्याङ्क तथा अवस्थाको विवरण संकलन गरी आवश्यक संरक्षण प्रक्रिया अगाडि बढाउने कार्य भैरहेको हुँदा त्यसरी स्थानान्तरण भई गएका बालबालिकाका अभिभावक, आफन्त, संघसंस्था वा सरोकारवालाहरूले यथाशीघ्र यस गाउँपालिकाको कार्यालय (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा) वा सम्बन्धित वडा कार्यालयमा वालवालिकाको विवरण यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ साथै सो जानकारी नगराएमा प्रचलित कानून बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ ।