बाढी प्रभावित बालबालिका तथा विद्यार्थीहरूका लागि शैक्षिक सहयोगसम्बन्धी सूचना प्रकाशन सम्बन्धमा ।
बाढी प्रभावित बालबालिका तथा विद्यार्थीहरूका लागि शैक्षिक सहयोगसम्बन्धी सूचना प्रकाशन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा, भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लाका विभिन्न स्थानीय तहका समुदाय, परिवार तथा बालबालिकाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विशेषगरी बाढीका कारण बालबालिकाको शैक्षिक निरन्तरतामा परेको असरलाई न्यूनीकरण गर्दै उनीहरूको उच्च शिक्षामा (स्नातक तह) पहुँच तथा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले U-GO Nepal को सहयोग तथा रूडेक नेपालको सहजीकरणमा बाढी प्रभावित बालबालिका तथा विद्यार्थीहरूका लागि विशेष शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्न लागिएको हुँदा तोकिएको कार्यक्रम अन्तर्गत निर्धारित मापदण्ड पूरा भई शैक्षिक सहयोग कार्यक्रमको लागि योग्य र ईच्छुक विद्यार्थीहरूले मिति २०८३/०८/१४ गते भित्र U-Go नेपालले तयार गरेको आवेदन फारम भरी आफ्नो स्थायी बसोवास भएको वडा कार्यलय वा शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन पेश गर्न हुन अनुरोध छ। साथै आवेदन फारामको लागि तलको QR कोड वा वडा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।